वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक जारी

२०७४, १४ माघ आईतवार १६:३५

काठमाडौं, १४ माघ । मुख्यमन्त्री र प्रदेश संसद्का सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक जारी छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्री र सभामुखलगायतका पदको बाँडफाँड गर्ने बताइएको छ ।

कार्यदलले यसअघि नै प्रदेश सरकारमा कूल सांसद संख्याको १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ । सोही कार्यदलले राष्ट्रियसभाको सिट संख्यासमेत टुंगो लगाएको थियो ।

कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

Comments

ताजा खबर