नेपाल इन्भेष्टमेण्ट बैङ्कको नाफा १ अर्ब ८३ करोडभन्दा बढी

२०७४, १४ माघ आईतवार १३:३२

माघ १४, काठमाडौं  । नेपाल इन्भेष्टमेण्ट बैङ्कको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा रू. १ अर्ब ८३ करोडभन्दा बढी रहेको छ । यो अघिल्लो आवको तुलनामा १५ दशमलव ४९ प्रतिशतले बढी हो । सो अवधिमा रू. १ अर्ब ५८ करोड नाफा कमाएको थियो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो ।

दोस्रो त्रैमाससम्ममा बैङ्कको निक्षेप सङ्कलन ११ प्रतिशतले बढेर रू. १ खर्ब २९ अर्ब पुगेको छ । लगानी रू. ३७ अर्ब २७ करोड पुगेको छ । बैङ्कले वैदेशिक मुद्रा विनिमयबाट रू. ११ अर्ब १४ करोड आम्दानी गरेको छ । रू. ३२ करोड ८५ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ भने निष्क्रिय कर्जा १ दशमलव १२ प्रतिशत रहेको छ । सोही अवधिमा बैङ्कको प्रतिशेयर आम्दानी(वार्षिक) रू. ३४ दशमलव ४५ पुगेको छ ।

Comments

ताजा खबर