पूर्वगृहमन्त्री खड्कालाई मातृशोक

२०७४, १४ माघ आईतवार १३:२०

१४ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवंम नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ ।
खड्काकी आमा मायादेवी खड्काको ९४ वर्षको उमेरमा शनिबार राति वीरेन्द्रनगर-७ आफ्नै निवासमा मृत्यु भएको हो ।

स्व. खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सकि्रय भूमिका निर्वाह गरेकी थिइन् । उनका चार छोरा र ६ चोरीहरु छन् ।
खड्काको निधनप्रति नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नु भकोछ ।

Comments

ताजा खबर