कालिगण्डकी करिडोर असारसम्ममा खोल्ने तयारी

२०७४, १४ माघ आईतवार १३:०२

माघ १४, २०७४ पर्वत : उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा चालु आर्थिक वर्षमा ट्रयाक खोलिने भएको छ। करिडोरको मिर्मी–कुस्मा खण्डमा करिव दुई किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ । भारतसंँगको सिमाना सुनौलीदेखि चीनको तिब्बतको सीमा कोरला जोड्ने गैंडाकोट–मिर्मी–फलेबास–जोमसोम–कोरला सडक ३ सय ७७ किलोमिटर लामो छ । यस सडकखण्डको सेतीवेणी–मिर्मी खण्डामा पर्ने पिंडिखोलको ठूलोखोलादेखि मिर्मीसम्मको १ सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म करिव डेढ किलोमिटर मिटर ट्रयाक खोल्ने काम भइरहेको छ ।

करिडोरको कालीगण्डकी पश्चिममा पाल्पा–गुल्मी–बागुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको हो। यस खण्डमा पर्ने खोलामा बेलीब्रिज लगाउने काम समेत सम्पन्न भएको छ। पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन। अहिले जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवा–अर्मादी खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अघि बढ्न नसक्ने आयोजना प्रमुख भण्डारीले बताए। फलेवासदेखि अर्मादीसम्मको सडकको ट्रयाक खोल्ने काम असारसम्म सक्ने लक्ष्य छ।

Comments

ताजा खबर