पर्वतमा अर्को अग्लो झोलुङ्गे पुल थपिँदै

२०७४, १४ माघ आईतवार १२:५४

माघ १४, २०७४ पर्वत :

अग्ला र लामा पुलको जिल्लाको रूपमा परिचित पर्वतमा चौथो अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ।कुश्मा नगरपालिका ७ खरेहा र वडा नं १०कटुवाचौपारिको अधिकारी फाँट जोड्ने गरी पुल निर्माण हुन लागेको हो। मोदीखोलामा निर्माण हुन लागेको उक्त पुल १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्यसहित एमके मुक्तिनाथ निर्माण सेवा प्रा.लि.ले कामको जिम्मा लिएको छ। १ करोड ९१ लख ४ हजार रुपैयाँको लगानीमा निर्माण हुने उक्त पुलको लम्बाई ३ सय ५९ मिटर र उचाई १ सय २८ मिटर रहने छ।

पुलबाट त्यस क्षेत्रका करिव तीन हजार नागरिक लाभान्वित हुनेछन्। पर्वतमा यस अगाडी मोदीखोलामा नै कुश्माज्ञादी, बडागाउँ मुडिकुवा र कालीगण्डकीमा बडागाउँ–कैया जोड्ने अग्ला र लामा पुल निर्माण भइसकेका छन्। यीमध्ये पर्वतको कुश्मा बडागाउँ र बाग्लुङको बलेवा कैया जोड्ने कालीगण्डकी नदीको पुल नेपालको अग्लो झोलुङ्गे पुल हो। यहाँ निर्माण भएका अग्ला र लामा पुलहरू हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। अग्ला र लामा पुलहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए।

Comments

ताजा खबर