जापानमा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

२०७४, १४ माघ आईतवार ०२:३९

तीन वर्ष अघि भाषा विद्यार्थीका रुपमा जापानको फुकुओकामा आएका अर्घाखाँचीका २३ वर्षीय प्रकाश आचार्य मृत अवस्थामा भेटिएका छन् । फुकोआकाको एक भोकेसनल स्कूलमा पहिलो वर्षमा अध्ययनरत सन्धीखर्क नगरपालिका ११ दिर्भमका आचार्यलाई २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा भेटिएको युथ फरअल जापानका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो ।

पौडेल ले जानकारी दिय अनुसार सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहानतिर स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएका थिए । त्यसपछि उनी साथीहरुको सम्पर्कमा पनि नभएको बताइएको छ । मृत्युको कारण हालसम्मपनि नखुलेको र शवको प्रकृति हेदा शंकास्पद रहेको जापान प्रहरीलाई उदृत गर्दै पौडेलले जानकारी दिनुभयो । हाल मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र कोरियामा रहेका उनका दाजु जापान आएपश्चात अन्तिम संस्कार गरिने पौडेलले जानकारी दिनुभयो ।

Comments

ताजा खबर