शीतलहर प्रभावितलाई सूर्य लाइफ इन्स्योरेन्सद्वारा न्यानो कम्बल

२०७४, १२ माघ शुक्रबार १८:५५

सूर्य लाइफ इन्स्योरेन् कपिलवस्तुले ७५ शीतलहर पीडित घरपरिवारलाई न्यानो कम्बल वितरण गरेको छ । इन्स्योरेन्सले जिल्लाको महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका अति विपन्न शीतलहर प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । चिसोबाट निकै कष्टकर जीवन विताइरहेका अति विपन्न, असहाय, जेष्ठ नागरिकलाई न्यानो प्रदान गरिएको शाखा प्रबन्धक श्यामप्रसाद सुवेदीले जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. २, प्रदेशसभा १ का विधायक दीर्घनारायण पाण्डेयले सूर्य लाइफ इन्स्योरेन्सले चालेको कदम निकै प्रशंसनीय रहेको उल्लेख गरे । विधायक पाण्डेयले यस किसिमको न्यानो अभियानलाई निरन्तरता दिनुपर्ने आग्रह गरे । न्यानो अभियान कार्यक्रमका सहभागी महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले गरीब, विपन्न र असहाय परिवारका लागि न्यानो अभियान बरदान नै सावित भएको बताए ।
त्यस्तै कार्यक्रममा स्रोतव्यक्ति हरिराम गुप्ता, वडाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, समाजसेवी मेराज खान लगायतले दयनीय अवस्था भएका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Comments

ताजा खबर