अबको पाँच वर्ष वामपन्थी सरकार प्रचण्ड

२०७४, ११ माघ बिहीबार १९:४९

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको पाँच वर्ष वामपन्थीहरुका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। रुपन्देहीको देवदहमा व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष जनताले यसपाली चुनावमा वामपन्थीहरुलाई विश्वास गरी राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा अवसर दिएको बताए।

‘जनताले निकै ठूला अपेक्षा गरेका छन्। राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरि पनि अवसर आउनेछ। सक्छौं कि सक्दैनौं ? यो हाम्रा लागि चुनौती पनि हो’, उनले भने। अध्यक्ष दाहालले अब विकास र सुशासनको विकल्प नभएकाले वामपन्थीले चुनौती पूरा गर्न सक्नैपर्नेमा जोड दिए।

पर्यटन विकासको सन्दर्भमा दाहालले देवदह गौतम बुद्धको मावलीघर पनि भएको भन्दै थपे, ‘हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं। देवदहमा बौद्ध विश्वविद्यालयको स्थापनामा मेरो पूरै सहयोग रहनेछ।’

Comments

ताजा खबर