अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

२०७४, ११ माघ बिहीबार १९:२३

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका छन्। सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईंलाई जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याललाई दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा शपथ गराएका हुन्। रिक्त रहेका चार मुख्य न्यायाधीशमा न्याय परिषद्ले उनीहरुलाई पुस २० नियुक्तिका लागि सिफारिस गरेको थियो। शपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी, न्याय परिषद्का सदस्यहरु, उच्च अदालत पाटनका न्यायाधीश, विशेष अदालतका अध्यक्ष, महान्यायाधीवक्ता लगायतको उपस्थिति थियो।

Comments

ताजा खबर