नेपालको विकासमा भारत सधैं सकारात्मक : राजदूत पुरी

२०७४, ११ माघ बिहीबार १९:११

काठमाडौं, माघ ११ । भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालको विकासमा भारत सधैं सकारात्मक रहेको बताएका छन् । बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतको सहयोगमा नेपालमा ठूल्ठूला विकास निर्माणका काम भएको बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई नयाँ बन्ने सरकारले पनि उच्च प्राथामिकता दिने बताए ।ज्ञवालीले भारतमात्रै नभइ चीन र अरु मित्र राष्ट्रहरुसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राखिने बताए ।

Comments

ताजा खबर