भूकम्पपीडितलाई घर बनाउन थप एक लाख

२०७४, १० माघ बुधबार १९:५८

काठमाडौं– सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो।

यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो। कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन्। यसबाट स्रोत जुटाउन समस्या हुने उनीहरुको भनाई छ।

Comments

ताजा खबर