जहाज डेढघण्टासम्म आकाशमै होल्ड

२०७४, १० माघ बुधबार १२:०२

काठमाडौं : बुधबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय जहाजलाई डाइभर्ट गरिएको छ भने कतिपयलाई आकाशमै होल्ड गराइएको छ।
आकाश सफा नभएपछि विहानैदेखि उडान पनि स्थगित गरिएको थियो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई डेढ घण्टासम्म आकाशमै होल्ड गराउनुपरेको थियो।
मुम्बइबाट आएको जेट एअरवेज, दुबइबाट आएको हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, दुबइबाट आएको नेपाल एअरलाइन्स र दिल्लीबाट आएको एअर इन्डियाका जहाजलाई मौसममा सुधार आएपछि क्रमशः ल्यान्ड गरिएको छ। चाइना साउदर्न अहिले पनि आकाशमै होल्ड छ।
काठमाडौं लगायत विभिन्न भूभागमा हलुका वर्षा भएको छ भने उच्च हिमाली जिल्लाहरूमा हिमपात भएको छ।

Comments

ताजा खबर