नवराज सिलवालको ट्वीट्

२०७४, ९ माघ मंगलवार २०:५१

काठमाडौं, माघ ९ – कागजात किर्ते गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रहरीका पुर्व नायव महानीरीक्षक तथा निर्वाचित सांसद नवराज सिलवालले सत्यतथ्यमा आधारित छानविनले सवै प्रश्नको सही उत्तर दिने बताएका छन् ।

ट्वीट् मा भनेकाछन् :-{जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन ल}

प्रहरीले खोजीको सूचीमा राख्दै इन्टरपोलमा सूचना समेत सार्वजनिक गरेका बेला सिलवालले ट्वीटरमा निष्पक्ष छानविन हुँदा आफू पनि फसिने बुझेपछि अफवाहपूर्ण कुप्रचार सहित कसैलाई फसाउने प्रचञ्च शुरु गर्ने बताएका हुन् ।

Comments

ताजा खबर