सीमा मिचेको विरोधमा भारतीय दूतावासअगाडि नाराबाजी

२०७४, ८ माघ सोमबार १९:००

काठमाडौं, माघ ८ । भारतले वीरगन्जमा सीमा मिचेको विरोधमा सोमबार काठमाडौंमा र्‍यालीसहित धर्ना दिइएको छ ।लैनचौरस्थित भारतीय दूतावासअगाडि ‘ग्रेटर नेपाल’ नामक संगठनले भारतले नेपाली सीमा मिचेको विरोधमा धर्ना दिएको हो । धर्नाका सहभागीहरुले भारतविरुद्ध चर्को नाराबाजी गर्दै सीमा नमिच्न चेतावनीसमेत दिएका थिए ।

Comments

ताजा खबर