काबुल घटनाको निन्दा

२०७४, ८ माघ सोमबार १८:२६

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आतंकवादी हमालको नेपालले निन्दा गरेको छ। मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले घाइतेहरुको शिघ्र लाभको कामना गरेको छ।

शनिबार तालिबानले इन्टरकन्टिनेन्टल होटल कब्जामा लिई २२ जनाको हत्या गरेको थियो।परराष्ट्र मन्त्रालयले सोमबार बिज्ञप्ती निकाल्दै दोषीहरुलाई कानुनी दायरामा ल्याइने आशा रहेको बिज्ञप्तीमा उल्लेख छ।

Comments

ताजा खबर