सेनासँगको भिडन्तमा कम्युनिष्ट विद्रोही समूहका ५ लडाकूको मृत्यु

२०७४, ८ माघ सोमबार १८:२१

फिलिपिन्स, ८ माघ – दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको समाचार छ । मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह,न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला परेका छन् ।

सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ ।

Comments

ताजा खबर