घातक माछा फुगु बिक्री भएपछि जापानमा सतर्कता

२०७४, ८ माघ सोमबार १८:०९

गामागोरी शहरमा रहेको स्थानीय सुपरमार्केटले फुगु माछाको कलेजो नझिकी पाँच वटा प्याकेट बिक्री गरेको खुलासा भएपछि फुगु किन्न चेतावनी दिइएको हो।
शहरमा केही विषाक्त फुगु माछा गलत तरिकाले बिक्री भएपछि मानिसहरुलाई त्यो जातको माछा किन्नबाट रोक्न आपत्‌कालीन चेतावनी दिइएको छ।

फुगु माछाको कलेजो निकै विषाक्त हुन्छ। बेचिएका तीनवटा प्याकेट भेटिएपनि दुई प्याकेट अझै नभेटिएको बताइएको छ।
मध्य जापानको गामागोरी शहरका अधिकारीहरुले आपतकालीन प्रणाली सक्रिय पार्दै फुगु माछाका विषाक्त प्याकेटहरु फिर्ता गर्न मानिसहरुलाई आह्वान गरेका छन्।
फुगु एउटा महंगो जाडोको परिकार हो जुन साशिमीको रुपमा काँचै वा सुपको रूपमा पकाएर खान सकिन्छ।

गोमागोरी शहरका अधिकारी कोजी ताकायानागीले एएफपीलाई भने, “हामीले आपत्‌कालीन वायरलेस प्रणालीबाट स्थानीयहरुलाई फुगु खान रोक लगाइसकेका छौं।”

‘ब्लोफिस’ भनिने फुगु माछाको कलेजो, अण्डा र छालामा ‘टेट्रोडोटोक्सिन’ नामक घातक विष हुन्छ र उक्त माछा तयार पार्नका लागि तालिम र इजाजत पत्र चाहिन्छ।

Comments

ताजा खबर