मोदीद्वारा केपी शर्मा ओलीलाई ‘भावी प्रधानमन्त्रीको’ रुपमा शुभकामना

२०७४, ७ माघ आईतवार २०:४७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले उल्लेख गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै, भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

Comments

ताजा खबर