फेसबुक स्टाटसले फेसबुकका सीईओ मार्क जुकरबर्ग २५ अर्ब डलर को घाटा

२०७४, ४ माघ बिहीबार १९:२३

न्यूज फिडमा परिवर्तनले वाल स्ट्रिटमा फेसबुकको शेयर मूल्य ४.५ प्रतिशतले गिरावट आएको छ ।
न्युज फिडमा परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ।
जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २५ अर्ब डलर गुमाएको हो ।
फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसलाई ठुलो असर पार्ने अनुमान गरिएको थियो । जस्को पहिलो प्रमाण उसको स्टकमा देखियो । गत शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ५ प्रतिशतको गिरवाट देखियो ।

फेसबुकले आफ्नो अधिकांश आम्दानी आफ्नो प्लेटफर्ममा विज्ञापनको माध्यमबाट हासिल हुने गरेको छ । फेसबुकको न्युज फिडमा परिवर्तनबाट उसको न्युज फिडमा विज्ञापन बेच्ने क्षमतामा असर पर्न सक्छ । यिनै आशंकाकाकारण लगानीकर्ताहरु अत्तालिन पुग्दा स्टकमा असर देखिएको हो ।

Comments

ताजा खबर