दिन प्रतिदिन ओरालो लाग्दै बिटक्वाइन

२०७४, ३ माघ बुधबार २१:५२
bitcoin

बिटक्वाइन को कारोबार १८ प्रतिशतले तल झरेको छ । किनकी दक्षिण कोरियाले डिजिटल मुद्रा ‘बिटक्वाइन’ मा रोक लगाउने समाचार सार्वजनिक गरेको छ ।रोक लगाउने समाचार सार्वजनिक भय  पंछी दिन प्रतिदिन ओरालो लाग्दै बिटक्वाइन ।

११ हजार अमेरिकी डलरमा चार सातासम्म अघि सम्म कारोबार भएको बिटक्वाइन एकाएक ओरालो लागेको रोयटर्सले जनाएको छ । क्वाइन्समार्केटक्याप का अनुसार ‘बिटक्वाइन’ का प्रतिद्वन्द्वीहरू ‘रिप्पल’ ३३ प्रतिशत र ‘इजेरियम’ २३ प्रतिशतले ओरालो लागेको छ । दक्षिण कोरियाली समाचार वेबसाइट ‘योन्हाप’ ले कोरियाली अर्थमन्त्री किम डोङ येओनले स्थानीय रेडियोमा दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै सरकारले मुलुकमा डिजिटल मुुद्राप्रति बढ्दो आकर्षणलाई नियन्त्रण गर्न कदम चाल्ने जनाएको छ । युरोपेली मुलुक लक्जम्बर्गमा प्रधान कार्यालय रहेको ‘बिटस्टयाम्प एक्सचेन्ज’ ले पनि बिटक्वाइनको कारोबार १८ प्रतिशतले खस्कँदै सबैभन्दा न्यून ११ हजार १ सय ९१ अमेरिकी डलरमा सीमित हुन पुगेको जनाएको छ ।

यसअघि केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दक्षिण कोरियाले बिनाचेतावनी आफ्नो कारोबारबाट ‘बिटक्वाइन’ र ‘रिप्पल’ लाई हटाएको जनाएको थियो । योसँगै यी डिजिटल मुद्राहरूको मूूल्यमा भारी गिरावट आउने क्रम सुरु भएको हो ।

‘क्रिप्टोकरेन्सी’ एक प्रकारको डिजिटल मुद्रा हो । विश्व बजारमा विभिन्न डिजिटल मुद्राको कारोबार भइरहेका छन् । विभिन्न मुलुकमा यसको मान्यता छैन, धेरै देशमा अवैध घोषणा गरिएको छ । तर, पनि यी डिजिटल मुद्राप्रतिको आकर्षण घट्नुको साटो बढ्दो छ ।

सन २००९ मा सुरु यो मुद्राको कारोबारलाई वेबसाइटबाटै नियन्त्रित गरिन्छ । ‘बिटक्वाइन’ को प्रयोग अनलाइनबाटै हुने भए पनि यसको क्रेज हरेक मुलुकमा आश्चर्यजनक रूपमा बढ्दो छ । नेपालमा यो मुद्रालाई मान्यता दिइएको छैन । नेपालमा त यो डिजिटल मुद्रा कारोबारमा संलग्न भएकाहरूलाई पक्राउ गरी कानुनी कारवाहि गरीएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु