११ कक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

२०७४, २९ पुष शनिबार ११:३१

राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अंग्रेजीमा ए भन्ने भय अनिवार्यमा नेपालीमा ए प्लस मात्रै हुन्छ ।

परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ। परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ।परीक्षा मा चार लाख ४९ हजार ५४ विद्यार्थी परीक्षा मा सहभगि भएकाथिय | विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ। एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ।

Comments

ताजा खबर