नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

जन युद्द मा आधारित कथा-युद्द हारेको मान्छे म!!

२०७४, २८ पुष शुक्रबार १७:४०

नेपाल को दुर्गम अनी एक सामान्य परिवार मा हुरकीएको व्यक्ति म हामरो परिवार मा बुवा आमा,मेरीदीदी र मेरी श्रीमती गरी हामरो ४जनाको सानो परिवार थियो | बुवा आमा को पनी उमेर धलकिसकेको ले घरको सम्पूर्ण ज़िम्बेवारी मेरै काध मा थियो अनी घरको काम मा सहयोग हुन्छ भनेर १८वर्षको उमेर मा नै मेरो बिवाह गरिदीएको थियो! बुवा आम खेती किसान गरनू हुँथ्यो म पनी उहाहरुको काम मा सघाउने गरथे बिहान भाले बासें सगैं उठेर पानी भरने घासदाऊरा काटने सबै काम सकेर पढ़न जानू परथ्यो |

गाऊँमा ८सम्म मात्र पढ़ाई हुँने भएकाले म १०कक्षा अध्यन का लागी घर बाट क़रीब २घण्टा हिडेर बिधालय पुगनु परथ्यो! देशमा जनयुद्द चलेकाले नी बिधालय जादाँ आउदा सरै डर हुँथ्यो! भरखर १८वर्ष को छोरों कतै यसलाइ नी सेनाले लगे भने त हामरो बुढेसकालको सहारा हुदैन भनेर आमाले सारै पीर मान्नू हुँथ्यो! एक दिनको क़ुरा हो माघ को महीना थियो चिसो धेरै बढ़ेका ले बिधालय मा सर ले हामिलाइ बाहिर बिधालय को चौर मा राखेर पढ़ाईंरहनु भएको थियो त्यतिकैमा क़रीब ५०जना जना क्रांतिकारीका व्यक्ति हरू आए र हामी सबै बिधारथी लाई एक ठाऊमा जम्मा गरी देस मा भएका असमानता,र अन्याय अत्याचारको बारेमा बताउदै युद्ध लडेर देस मा आमूल परिवर्तन ल्याउनू परने बताऊँनू भयो त्यो सुन्दा मैले समाज मा देखी रहेको अन्याय र अत्याचार अंन्त्य गरी देस मा परिवर्तन को बिगुल फूकने सपना बोकि आफ़ना बुवा आमा परिवार अनी आफ़नो सम्पूर्ण व्यक्तिगत हित लाई छाडेर देस मा उज्यालो बिहानि ल्याउने लक्षका साथ पुस्तक को झोला लाई त्यही बिसाएर बन्दूक़ को गोला बोक्न थाले!

यतिकै मा युद्ध मा हूम्मीएको म बीच मा धेरै लड़ाई हरु लडे आफ़नै आँखा आगाड़ी कती साथी हरू साहिद भए अनी धेरै महिला दीदी बहिनी को सिंदूर पूछीए! एक दिनको कुरा हो दशैको बेला थियो हामी सबै क्रान्तिका साथी हरू नचगान सहित रमाइलो गरिरहेका थियौ त्यही बेला सेनाले हामी माथी हमला गरे त्यहाँ रक्तपात भयो टिका र जमरा ले रंगिनूपरने दिन हामरो सरीर रगत ले रंगियो त्यतिकैमा मेरो शरीर मा नी गोली लाग्यो र मलाई मर्यो भनेर मुड़ोसरी गुल्टीएको मेरो शरीर माथी सेनाले बुट बजारेर छोडेका रहेछन! पछी साथी हरूले लगेर मेरो उपचार बरेछन अनी भाग्यको खेलले म बाँच्न सफल भएछू होस मा आँउदाँ त मैले गोली लागेर मेरो दाहिने हात नै पो गुमाएछू !धेरै रात खान नपाइ पानीको भर मा भोकै लड़ेको माँन्छे म धेरै चोट अनी पीड़ा हरू सहे कहिले काहि भोकै हुदा नी मेरी आमा लाई समझींन्थे |

सधै बिहानै बिस्तारा मा नै चिया र खाजा ल्याएर दीने मेरी आमा म सदरमुक़ाम ८कक्षा को ज़िल्ला स्तरीय परिक्षा दिन १०दिन को लागीमात्र घर छोडेर हिन्दा पनी बाबू कहिले आउछ होला भनेर बाटो हेरने मेरी आमॉ आज म क़रीब १०वर्ष पुग्न लाग्यो गर छाडेको मेरो बाटो कुरदा कुरदै कती थाके होलान ती मेरी आमाको आँखा अनी मेरा ती बूढ़ा भएका बाबू म बूढ़ेसकालको सहारा एकलो छोरों ले नी छाडेर हिंन्दा कती दुःख पाए होलान ती मेरा बाबू अनी भाईटिका मा सबै माला अनी टिका लगाएर रमाऊदै गरेको बेला मेरी दीदी मलाई समझी टाउको सामाउदै रुदै होलिन अनी मेरी उनी मलाई समझिदै होलीन यस्तैकुरा हरू मनमा खेल्थे घरको यादले सताउथ्यो त्यसबेला युद्द छाडेर एक मन ले अब घर जाम जस्तो हुँथ्यो अनी फेरि त्यही बेला अर्कों मनने बाल्यकाल मा पढ़ेको भूपि सेरचन को कबिता याद आउथ्यो हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुइचार सपुत मरेर नगए –

अनी फेरी आफ़नो मनलाइ समझाउदै देस परिवर्तन को सपना बोकि त्यों एक हात ले नी बन्दूक़ बोकेर निरन्तर लागी रहे यतिकै मा देस मा शान्ति समझौता भयों अनी हामिले बन्दूक़ बिसायौ! सगैं लड़ेका धेरै साथी हरू सेना समायोजन पछी सेना मा भर्ती भए तर म भने एउटा हात गुमाएकाले अयोग्य साबित भए तर पनी म मा कुनै पश्चात्ताप थीएन म निस्वार्थ जनताको मुक्तिको लागी लेडेको थीए अनी सेनामा अयोग्य भएर केभो मलाई माया गरने मेरो आमा छिन अनी मेरा बुवा दीदी अनी मेरी ऊनी पनी कती खुसी हुदाँ हुन! यत्तिका वर्ष पछी भेट हुन पाऊँदाँ यिनै कुरा हरु खेलाउदै घर फरकींन पाउदा मेरो मनमा खुसीको सीमा नै थीएन जब म सारा पीड़ा भूलेर घर पुगे तब मैले वरिपरी हेरे सबै सुनसान थियो घर नी माकुराको जालों लागेको कोहि नभए जस्तो घरको ढोका मा ताल्चा लगाएको देखेर म अचम्म परे अनी १०वर्ष पछी मेरी आमा लाई देखन आतुर मेरा नयन हरू ती घर अनी बस्ती तीर हेरेर एकोहोरो टोलाई रहेको थियो |

अनी त्यतिकैमा पल्लो घरे काकी आइपुगनु भयो मलाई यतिका वर्ष पछी देखेर काकी पनी अचम्म परनू भएछः काकी नी मलाई देखन पाउदा हर्षको आँसू बगाउनु भयो अनी मैले हतार हतार काकीलाई सोधे काकी खोई त मेरा बा-आमा??काकी मेरो प्रश्न सुनेर मौन रहनू भयो!अनी मैले फेरी सोधे बोलनु न काकी किन बोलनु हुन्न? अनी काकी रुदै मधुरो स्वर मा भन्नू भयो-बाबू तेरो बुवा प्रेशरको बीमारले च्यापेर बित्नू भो! अनी म आत्तिदै सोधे अनी मेरी आमा-बाबू तेरो बुवा बितेसी सधै तेरो तस्वीर हेरेर रुदै तेरो बाटो हेरेर बस्थीनअनी पीड़ा सहन नसकेर पिरैपीर ले मरींन !अन्तीम पटक तेरो मुख हेरन रहर गरेकी थींन तेरी आमाले तर के गरनू त आउछास भनेर घर चारैतीर सेनाले घेरेकाले हामिले तलाई बोलाऊँन नी सकींएन!त्यरो बाटो हेरदा हेरदै त नआएसी तेरी श्रीमती नी पोईला गई!!

यो कुरा सुन्दा म छागा बाट खसे जस्तै भए अनी म आफुलाइ सम्हालनै नसकने भए मेरो शरीर काप्न थालों यतिकैमा मैले रुदै सोधे-अनी मेरी दीदी? काकीले रुन्चे स्वर मा भनिन -बाबू त बेपता भएसी तेरो घरमा नत खाने अन्न नै थियो नत तेरा बिरामी बा ले खाने औषधि नै थियो अभाबै-अभाव मा गुजरीको परिवार लाई सुख दिन पैसा कमाउने आस मा प्रादेशिएकी दीदी लाई उतै दलाल ले बेच्यो रे बाबू!!
यो कुरा सुन्दा म माथी ठुलो बजरपात पर्यो! मेरो मन मा सहनै नसकने पीड़ा भो! देस को परिवर्तन का लागी लड़ेको मान्छे म त्यही युद्द बाट एउटा हात गुमाउन पुगे युद्द सम्पन्न हुदा सम्म एउटा हात मा पेस्टोल लीएर युद्द गर्दा सम्म योग्य भएको म आज सेना समायोजनमा अयोग्य हुनू पर्यो! ! आज मेरो साथ मा नत गरिखाने हात छः नत परिवारको साथ नै ! सरकार ले राहत स्वरूप मलाई केही रक़म त उपलब्ध गरायो तर यो पैसा ले मैले न त आफूले गुमाएको हात नै किन्न सक्छू नत मेरो परिवार नै??!!

आफ़ना सारा खुसी त्यागेर समाज परिवर्तन गरन हिनेको म मलाई आज मात्र थाह भो म मैंन सरी जलेर अरुलाई उज्यालो दीने प्रयास मा जलिरहे तर अरुलाइ उज्यालो दिन खोज़दा-खोज्दै आफ़नै जीवन अन्धकारको भुमरिमा रोमलीएको थाह नै पाएनछू!!!!
आज देस का बासतबिक योद्धा हरू घरघबार बिहीन हुनू परेको छः अवसर बादी हरुको हावी भएको यो स्थिति रहिरहेमा नेता हरु लाई अवस्यपनी सहिंद को आत्माले सरापने छः देस मा शासन परिवर्तन भयो तर शासक परिवर्तन भएको छैंन ! देसमा साशक को नी परिवर्तन भई देस विकासको गतिमा अघि बढ़ोस! म रोए नी नेपाल आमाँ हसिरहुन म मरेपनी सारा जनता अब शान्तिपूर्वक बाचिरहोन!!!
लेखक-कृष्ण भुसाल
मध्यबिन्दू १५नवलपुर  हाल-कुमामोतो जापान

Comments

ताजा खबर