आज पहिलो पटक पृथ्वी जयन्ती मनाइयो गणतन्त्र घोषणापछि

२०७४, २७ पुष बिहीबार १८:४८

काठमाडौँ,२७ पुस : गणतन्त्र घोषणा भएपछि पहिलो पटक बिहीबार पृथ्वी जयन्ती मनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर औपचारिक रुपमै पृथ्वी जयन्ती मनाइएको हो।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्।

गणतन्त्र आएपछि पहिलोपटक पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दियो । सरकारले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म सहभागी भएका थिए । उनीहरुले मुक्तकण्ठले शाहको योगदानको बारेमा प्रशंसा गरेका छन् ।

Comments

ताजा खबर