एपीएफलाई महिला फुटबल लिगको उपाधि

२०७४, २७ पुष बिहीबार १८:२८

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गतको १६ औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो । र सुपरलिगमा जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।

एपीएफको स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् ।भने पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।
एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो ।

Comments

ताजा खबर