रोहितले गर्नुभयो इण्डोनेशियामा नयाँ सम्झौता

२०७४, २१ पुष शुक्रबार ०३:३०

खेलकुद :- नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्दले आफ्नो इण्डोनेशियन क्लब पर्सिजा जकार्तासँग एक बर्षको लागि नयाँ सम्झौता गरेका छन् |

चन्दले बिहीबार क्लबसँग नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्लबसँग उनको नयाँ सम्झौताबारे रोहितका दाजु रबिन्द्र चन्दले समेत पुष्टी गर्नुभयो को छ |

रोहितका दाजु रबिन्द्रले भने “उनी (रोहित) थप एक बर्ष जकार्ता मै बस्ने छन् । वास्तवमा क्लबले उनलाई दुई बर्षको अनुबन्धबारे प्रस्ताव गरेको थियो तर हामीले अहिलेलाई एक बर्षका लागि मात्र रोज्यौं ।”

क्लब र रोहितबीचको सम्झौताबारे थप केही खुलाइएको छ । रोहितले यसै सिजन प्रतिष्ठित एएफसी कप पनि खेल्ने छन् । त्यसैगरी मलेसियामा हुने मैत्रीपूर्ण खेलहरु खेल्नुअघि पर्सिजा जकार्ताले सुरामडु कप पनि खेल्नेछ ।

Comments

ताजा खबर