साउदी जेलमा रहेका थानेश्वरको नाममा ४५ लाख ब्लडमनी संकलन पुरा अब नौउठाउन अनुरोध

२०७४, २० पुष बिहीबार ०३:३६

चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीया स्थानेश्वर भुसालको उद्धारको लागि चाहिने एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । आवश्यक रकम उपलब्ध भएकोले थप रकम संकलन नगर्न प्रवासी नेपाली समन्वय समितिले मंगलबार अपिल गरेको छ ।

मध्यबिन्दु–४,नवलपुर का  भुसालले ब्लडमनीको रकम तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा छन् । समितिका अध्यक्ष कुलबहादुर कार्कीले आवश्यक रकम संकलन भएकोले चन्दा अभियान बन्द गरेको बताउनु भयो  । ‘४५ लाख रुपैयाँ मध्ये २३ लाख १५ हजार अभियानले सञ्चालन गरेको खातामा जम्मा भइसकेको छ,’ उनले भने,‘बाँकी २३ लाख २० हजार दिने प्रतिबद्धता भएबमोजिम खातामा जम्मा हुनेक्रम जारी छ ।

भुसालको उद्धारका लागि गैरआवासीय नेपाली संघले १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनले अभियानको लागि प्रतिबद्धता भएको रकम यथाशीघ्र खातामा पठाइदिन अनुरोध गरेका छन् ।

Comments

ताजा खबर