राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

२०७४, १९ पुष बुधबार १५:५७

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा बुधवारदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

अध्यक्ष थापाले मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गरे। बैठकमा पार्टीका १४० केन्द्रीय सदस्य सहभागी छन् ।

Comments

ताजा खबर