विश्वकै उत्कृष्ट केली ब्रुक महिलाको फिगर ? फोटोफिचर

२०७४, १५ पुष शनिबार २०:४५

केली ब्रुक बेलायती मोडलको शारीरिक बनावट विश्वमै उत्कृष्ट मानिएको छ । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार केली नत मोटी छन नत दुब्ली । उनको शरीरको हरेक अंग पूर्ण रहेको सो अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरुले यो अनुसन्धान गर्नुभन्दा पहिले एक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणमा सहभागीहरुलाई महिलाको आकर्षक शरीर हुनको लागि चाहिने मापनको बारेमा सोधिएको थियो ।

सहभागीहरुले कपालदेखि लिएर ,महिलाको उचाई, तौल, अनुहारको बनावट तथा हिप्ससम्मका मापनको बारेमा बताएका थिए । मानिसहरुका यिनै जवाफका आधारमा वैज्ञानिकहरुले एक आधारभुत मापदण्ड तयार पारेका थिए .त्यसै मापदण्डको आधारमा अध्ययन गर्दा केली संसारकै उत्कृष्ट फिगर अर्थात शारीरिक बनावट भएकी महिला पाइएकी हुन् ।

टेक्सास युनिभर्सिटीको अनुसन्धानका अनुसार परफेक्ट फिगर भएकी महिला बन्नको लागि केही खास मापदण्डमा उत्कृष्ट हुन आवश्यक छ । जस्तै महिलाको उचाई १ दशमलव ६८ मीटर अर्थात ५ फिट ५ इन्च हुन आवश्यक छ । महिलाको छाती, कम्मर र नितम्ब (हिप)को मापन ९९–६३–९१ हुनुपर्छ ।

Comments

ताजा खबर