विराटनगर वारियर्सलाई एक रन् को जित

२०७४, १५ पुष शनिबार १७:००

एभरेस्ट प्रिमियर लिग (इपिएल)मा शनिबार भएको उपाधि भिडन्तमा विराटनगर वारियर्स च्याम्पियन बनेको छ।

विराटनगरले १ सय ५० रनको लक्ष्य दिएको भैरहवा ग्लाडिएटर्सलाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै इपिएलको उपाधि जितेको हो। पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले जितसँगै २१ लाख रुपैयाँ पाएको छ। उपविजेता भैरहवाले भने १० लाख रुपैयाँ पायो।

Comments

ताजा खबर