अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा मा डिएसपी

२०७४, १४ पुष शुक्रबार २०:१६

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। प्रहरी प्रधान कार्यालयले उनको सुरक्षाका लागि बुधबारदेखि डिएसपी खटाएको छ।

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ।

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। ‘सुरक्षा थ्रेटकै बिश्लेषण गरी डिएसपीलाई खटाएका हौं’ सुरक्षा सेवा निर्देशनालयका एक अधिकारीले भने,‘नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको छ।’

बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

Comments

ताजा खबर