नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पशुपति शर्मा सुन्तला चोर्न जाँदा चप्पल हरायो

१४ पुष २०७४, शुक्रबार ०३:५०

हिउँद याममा जब बजारमा पहेंलै सुन्तला बेच्न राखिएको देख्छु, मलाई बाल्यकालको सम्झना भइहाल्छ । सुन्तला देख्यो कि म पायल चप्पलसँग जोडिएको त्यो पुरानो किस्सा सम्झन्छु । सुन्तला चोर्न जाँदो मैले पायल चप्पल हराएको थिएँ । सानो उमेरमा चप्पल हराउनु चानचुने कुरा थिएन ।

मलाई चोर्न असाध्यै डर लाग्थ्यो । तैपनि साथीभाइले भनेपछि ‘नाइ’ भन्न सक्दिनथें । स्कुलवाट फर्किने क्रममा एकदिन सहपाठी साथीले भने, ‘सुन्तला चोर्न जाम ।’म त जान्न चोर्न डर लाग्छ’, मैले भनें । तैले चोर्न पर्दैन । तँ वरै वस हामी चोर्छम्’, अर्का साथीले भने ।

केटाहरुले हौस्याएपछि म पनि उनीहरुसँगै गएँ । साथीहरु रुखमा चढेका मात्र थिए, सुन्तला धनि कराउँदै आए ‘ओइ सुन्तला चोर ।’ सबै साथीहरु भाग्न थाले । म नर्चोने मान्छे । तर, चोरहरुकै समूहका भएकाले नभागी सुख थिएन । भागें । आत्तिदै भाग्ने क्रममा ममीले भर्खर किन्दिनु भएको नयाँ पायल चप्पल हरायो ।

नयाँ पायल चप्पल हराउँदा निकै नरमाइलो लाग्यो । घरमा मेरो दोहोरो आलोचना भयो । एक त सुन्तला चोर्ने ग्याङमा मिसिएको, अर्को चप्पल हराएको । ममीलाई ‘मैले चोरेको हैन, साथी मात्रै गएको’ भनेर सम्झाउन त खोजें, तर ममीले पत्याउनु भएन । बेस्सरी गाली गर्नुभयो ।

अर्को घटना सम्झन्छु । खै किन हो मलाई स्कुल जान भनेपछि सँधै दिक्क लाग्थ्यो । हप्तामा दुईदिन जति त म बहाना बनाएरै स्कुल जान्न थेँ । कहिले ‘पेट दुख्यो’ भन्थेँ त कहिले के, बहाना बनाउन सिपालु थिएँ । अहिले पनि कहिलेकाँही स्कुल गएको सपना देख्दा मलाई दिक्क लाग्छ । छोरीलाई स्कुल पुर्‍याउदा पनि म आफ्नो स्कुले जीवन सम्झन्छु ‘छोरीलाई कति दिक्क लागेको होला ?’ पटक-पटक स्कुल नगएपनि त्योबेला फष्ट चाँही सँधै मै हुन्थे ।

एकदिनको घटना हो । स्कुल जान भनि ड्रेस लगाएर झोला बोकेर घरबाट निस्कीएँ । अलि पर वारीमा पुगेपछि स्कुलको डे्रस फुकालेर ब्यागमा राखेँ र ब्यागलाई मकैवारीभित्र राखेर फिल्म हेर्न गएँ । फिल्म हेरेर फर्किदा झोला जस्ताको तस्तै रहेछ । फेरि ड्रेस लगाएँ र घर आएँ । म फिल्म हेर्न गएको कसैले पनि थाहा पाएनन् । घर आइसकेपछि भने डर लाग्यो । मेरो झोला कसैले लगिदिएको भए के हुन्थ्यो होला ?

पहिलो दिन स्कुल गएको अलि अलि सम्झना छ । दिदीहरुसंगै गएकाले रोइन । अहिले सम्झिँदा लाग्छ एक्लै भएको भए म रुन्थेँ हुँला । स्कुल पढुन्जेल म सोझो थिएँ । कसैसँग झगडा पनि परेन । तर, एउटा साथीसँग पाँच कक्षादेखि बोलिन । कट्टी गरियो । नबोलेरै स्कुल बिताइयो । खै किन बोलचाल भएन त्यो पनि थाह छैन । तिनै साथीसँग चार वर्षअघि भेट हुँदा हात मिलाएर कुरा गरेँ ।

५ कक्षासम्म फष्ट हुन्थेँ । घरकाले ‘केटो ट्यालेन्ट छ फड्काइदिम्’ भनेर ६ कक्षा नपढी ७ मा भर्ना गरिदिए । ७ मा चौथो भँए । त्यसपछि गाली पनि खाँए । अहिले सोच्छु, म किन स्कुलमा रमाउन सकिँन ? अहिलेसम्म मैले त्यसको कारण पत्ता लगाउन सकेको छैन ।

Comments

ताजा खबर