जसले २५ सय बढीको रित्तो टाउकोमा रौं उमारीदिए

२०७४, ११ पुष मंगलवार १९:०९

तपाईं टाउको मुडुलो (कपाल/रौं रहित) भएकोमा चिन्तित हुनुहुन्छ ? नाङ्गो टाउकोले सौन्दर्यता विगारेकोमा हिनताबोध भइरहेको छ ? टाउकोभरी रौं उमार्न इच्छुक हुनुहुन्छ ? यदि यिनै विषयमा घोत्लिरहनु भएको छ भने तपाईंलाई खुसीको खबर छ । मुडुलो टाउकोभरि कपाल उमार्न विदेश धाइरहनु पर्दैन । विदेशमा गएर महंगो शुल्क तिर्नु पर्दैन । नेपालमै यस्ता चिकित्सक छन् जसले २५ सय बढीको टाउकोमा रौं उमारि सकेका छन् । धेरैका प्रिय वनेका छन् । उनको नाम हो – डा. धर्मेन्द्र कर्ण । कर्ण काठमाडौं विश्व विद्यालय अन्र्तगतको धुलीखेल अस्पतालका छाला रोग विशेषज्ञ हुन् ।

१० वर्षदेखि उनी यो विधामा सक्रिय छन् । उनी विश्वमा आइरहेको नयाँ नयाँ उपचार पद्धतीको विषयमा अध्ययन गर्थे । शुरुमा उनले छाला रोगीहरुको उपचार मात्रै गरे । कस्मेटीक सर्जरी, लेजर लगायतका काममा नै उनि लामो समय सक्रिय भए ।
‘मैले हेयर ट्रान्सप्लान्ट गर्छु भनेर सोचेको थिइन । धेरैले मलाई डाक्टरसाब तपाइले हेयर ट्रान्सप्लान्ट किन नगरेको ? गर्नुप¥यो नि भनेर सुझाव दिन्थें’ लोकान्तरसँगको कुराकानीका क्रममा कर्णले भने, – ‘शुरु– शुरमा मैले नै सबैथोक कति गर्नु भनेर टारीदिन्थें ।’
मानिसहरुको कपाल प्रत्यारोपण प्रति आकर्षण बढ्दै गएपछि उनले आफुले नै कपाल पत्यारोपणको कार्य गर्ने सोच बनाए ।

नेपालमा कपाल पत्यारोपणको आवश्यकता छ भन्ने सोचेर उनी हेयर ट्रान्सप्लान्ट सम्बन्धि तालिम लिन सन् २०१४ मा इजरायल गए । उनले इजलायलमा हेयर ट्रान्सप्लान्ट बारे तालिम लिए ।
तालिममा सहभागी हुँदै गर्दा उनलाई कपाल प्रत्यारोपणको काम निकै गाह्रो रहेछ भन्ने लाग्यो । ‘तालिम लिँदै गर्दा नेपालमा यो गर्न सकिदैन, गाह्रो रैछ भन्ने लाग्यो किनभने हेयर ट्रान्सप्लान्ट गर्न घण्टौ समय लाग्ने रहेछ,’ कर्णले थपे, ‘काम गर्ने टिम चाहिने रहेछ । त्यो कहिले बानउने, कसरी बनाउने भनेर म शुरुमा त अन्यौलमा परेको थिएँ ।’

नेपाल फर्किएपछि भने कपाल उमार्न विदेश जाने नेपालीको दुःख सम्झेर आफू कडा परिश्रममा जुटेको कर्णले वताए ।
‘नेपाल र्फकिएपछि ति विरामीहरुलाई संझिएँ जो कपाल पत्यारोपणकै लागि विदेश धाउनु परिरहेको थियो । हेयर ट्रान्सप्लान्ट नेपालमा आवश्यक छ भनेर मैले कडा मेहनत गरेँ’ कर्ण सम्झिन्छन् ‘ लागिपरेपछि गर्न नसकिने कुरा केही पनि रहेनछ भन्ने आज वोध भइरहेको छ ।’ यसरी शुरुवात गरे नेपालमा कपाल पत्यारोपण
नेपाल आएको एक हप्ता पछि उनले आफु कार्यरत धुलिखेल अस्पतालमा तालिम शुरु गरेको लोकान्तरलाई सुनाए । उनले शुरुमा मृत शरीर देखि बंगुरको छालामा लामो समय कपाल प्रत्यारोपणबारे परिक्षण गरे । परिक्षणबाट निखारिएपछि सन् २०१५ मा मानिसको तालुमा सफलतापूर्वक कपाल प्रत्यारोपण गर्न सफल भए ।

धुलिखेल अस्पतालका चिकित्सकको टिमले मेडिकल कलेजको ल्याबमा रहेका शबहरुमा परिक्षण शुरु ग¥यौं । तीन चार महिना गु्रपमा गरेपछि हामीले बंगुरको छाला घरघरमै लगेर कपाल पत्यारोपणको अभ्यास गर्यौं’ डा. कर्णले भने, ‘लामो प्रयास पछि सन् २०१५ को जनवरीबाट मानिसको टाउँकोमा कपाल प्रत्यारोपण शुरु गर्यौं । शुरुमा हामीले तालुमा पोलेका व्यक्तिहरुमा कपाल प्रत्यारोपण शुरु गर्यौं ।’कपाल झरेर वा विभिन्न कारणले तालुमा कपाल नभएका मानिसहरु उनीकहाँ कपाल प्रत्यारोपण गर्ने भन्दै आइपुग्छन् ।

उनले उपचारको लागि आउने विरामीलाई कपाल झर्ने कारण, प्रत्यारोपण गर्नुपर्ने अवस्था लगायतको विषयमा शुरुमा परार्मश दिने गर्छन् । विरामीको टाउकोको परिक्षणपछि यदि कपाल प्रत्यारोपण गर्नुपर्ने अवस्था नै रहेछ भने मात्र त्यो काम शुरु गर्छु,’ उनले भने ।
एनका अनुसार शुरुमा कपाल झर्ने कारण, समस्या लगायतबारे बुझ्नुपर्ने हुन्छ । ‘यदि कुनै रोगको कारण कपाल झरेर तालुपना भएको हो भने पहिला त्यो रोगको उपचार गर्ने हो । कुनै रोग छ कि छैन भनेर आधुनिक मसीनबाट परिक्षण गर्छाैं । कुनै अन्य प्रकारको रोग छैन र प्रत्यारोपण नगरी कपाल आउने अवस्था छैन भने मात्रै हामी प्रत्यारोपणमा जुट्छौंं’ उनले भने । प्र्रत्यारोपणकै लागि भनेर आएका कतिपय मानिसको औषधी उपचार पछि कपाल पलाएर प्रत्यारोपण नगरी फर्किएको घटना समेत उनले सुनाए ।

उनले नेपालमा २५ सय भन्दा बढि तालुपनाको समस्या भएका व्यक्तिहरुको तालुमा सफल कपाल रोप्ने कार्य गरीसकेका छन् ।
कपाल प्रत्यारोपण गरेका मानिसहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । आफुले गरेको प्रत्यारोपणको कार्य सफल हुदै आएको उनको दाबी छ । मैले प्रत्यारोपण गरेका सबै जना सन्तुष्ट हुनुहुन्छ किनकी एकपटक हेयर ट्रान्सप्लान्ट गरेपछि उहाँहरु फेरी अलि बाक्लो बनाउन प¥यो डाक्टरसाब भनेर आइरहनु भएको छ’ उनले भने । कपाल प्रत्यारोपण गरेर गएका विरामीले त्यस्तै चाहनामा रहेका अन्य विरामीलाई लिएर आफूकहाँ आउने गरेको उनको भनाइ छ । उनले आफ्नो कार्यप्रति सन्तुष्टि जनाउदै भने, ‘मेरो काममा सन्तुष्ट भएर नै उहाँहरुले अरुलाई ल्याउनु भएको हो । त्यसैले मैले गरेको कामप्रति मलाई गर्व छ ।’

डा. कर्णले विकसित देशहरुमा आएका नयाँ प्रविधि र उपचार विधिको विषयमा चासो दिँदै गरेका छन् । उनले भारत, इजरायल, अमेरीका लगायतका देशमा गएर हेयर ट्रान्सप्लान्टको नयाँ प्रबिधिको बारेमा जानकारी लिएका छन् । तालुमा कपाल रोप्नको लागि एउटा रौंको ८० रुपैया लाग्ने डा. कर्णले बताए । उनका अनुसार तालुपना हेरेर आवश्यकता अनुसार १५ सय देखि दुई हजार रौं रोपिन्छ । माग्नेदेखि सुपरस्टारसम्मलाई उपचार आफूले माग्नेदेखि सुपरस्टारसम्मको कपाल प्रत्यारोपण गरेको उनले स्मरण गरे । मैले माग्ने देखि सुपरस्टार सम्मलाई उपचार गरेको छु । म हेयर ट्रान्सप्लान्ट मात्रै होइन छालासम्बन्धि सबै किसिमका रोगको उपचार गर्छु ।

उहाँहरुको नाम त भन्न मिल्दैन, मसँग नेपालका सुपरस्टारदेखि,व्यपारी, मन्त्री,सचिव, सरकारी कर्मचारी र ठूला मिडियाका व्यक्तिहरु पनि आउँनु हुन्छ,’ उनले भने । आफूकहाँ मागेर गुजारा गर्ने व्यक्ति पनि उपचार गर्न आएको तर उनीहरुसँग फि नलिएको कर्णले बताए । नेपालमा भएको सफल कपाल प्रत्यारोपणको विषयमा जानकारी दिन र आफ्नो अनुभब सुनाउन विदेशमा जाने गरेको कर्णले बताए । पहिला तालिम लिन विदेश जान्थें । अहिले त म तालिम दिनलाई विदेश जान्छु । केही समय अगाडी भारतमा गएर तालिम दिएँ । केही महिना पछि फेरि जाँदैछु,’ कर्णले थपे ।

Comments

ताजा खबर