ललितपुरद्वारा पोखरा पराजित

२०७४, ११ पुष मंगलवार १८:५९

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल बनायो । १३३ रनको विजय लक्ष्य पच्छाएको ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ललितपुरको यो दोस्रो जीत हो ।

यसअघि ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो । जीतसँँगै ललितपुर प्ले अफमा पुगेको छ भने खेलमा हार ब्यहोरेको पोखराले पनि यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

ललितपुरको जितमा जयकिसन कोल्सावाला सर्वाधिक ५६ रनको योगदान दिए । त्यसैगरी शंकर रानाले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा दीपेश भण्डारीले ८ रन जोडे । पोखराका इसरार उल्लाहले २ विकेट लिए भने शक्ति गौचन र सुसन भारीले समान एक–एक विकेट लिए ।

यता पोखराका लागि भने सुनिल धमलाले सर्वाधिक ७० रनको योगदान दिए । ६२ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतमा अविजित ७० रन जोडेका हुन् । त्यसैगरी राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारी १२ रन जोड्दै बाहिरिए ।

लतिपुरका दीपेश भण्डारी, ललितनारायण राजवंशी, रसिद खान र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ भने ललितपुरका जयकिसन कोल्सावाला घोषित भए ।

Comments

ताजा खबर