व्यापारिक भवनमा आगलागी : १८ जनाको मृत्यु

२०७४, ६ पुष बिहीबार १९:१४

दक्षिण कोरियाको छेछन् शहरको एक व्यापारीक भवनमा आगगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य दर्जनौं घाइते भएका छन् । जिम, सार्वजनिक स्नान घर, रेष्टुरेन्टलगायतका पसल रहेको आठ तले भवनमा आगलागी हुदा सो मानवीय हताहति भएको हो ।
आगलागी भवनको वेसमेन्टमा रहेको कार पार्किङबाट सुरु भएको प्रहरीलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमले जनाएका छन् । आगलागीबाट घाइते हुने केहीको अवस्था गम्भीर भएकाले मृत्युु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । दमकलसहितका अग्नि नियन्त्रकले आगो निभाएका छन्।

Comments

ताजा खबर