कलेजको शिक्षकहरु आन्दोलनमा, भोली बार्ता हुने

२०७४, ५ पुष बुधबार १९:३०

कलेजमा २८ शिक्षक छन् सबैको १४ महिना भयो तलब पाको छैन्,घरमा परिवार बाल बच्चा  छन् कसरी गुजारा चलाउने एक शिक्षकले यसरी गुनासो पोखे । जीतपुर सिमरामा रहेको सिमरा कलेजमा शिक्षकहरु द्वारा हातमा कालोपट्टी बांधी पठ्न पाठ्न हुदै आएको छ । शिक्षकहरुले विगत ३ बर्षदेखीको बांकी रहदै आएको १४ महिनाको तलब भक्ता नपाएपछि पौष १ गतेदेखी विरोध कार्यक्रम अन्तरगत हातमा कालोपट्टी बांधेर काम गरेको कलेजका शिक्षक प्रतिनिधी सञ्च बहादुर दोङ्गले बताए ।

कलेज ब्यवस्थापन समितिलाई घोषित कार्यक्रम अन्तरगत पौष १ देखी १० गतेसम्म हातमा कालोपट्टी बांधेर कामगर्ने त्यसपछि पनी माग सुनवाई नभए पौष ११ गतेबाट पेन डाउन गर्ने र त्यसपछि पनी सुनवाई नभए आफूहरुले कडा अन्दोलन गर्ने चेतावनी शिक्षक प्रतिनिधी दोङ्गले पलखबर संगको कुरामा बताए ।

कलेज ब्यवस्थापन समितिलाई एक सुत्रीय माग राखि मंसिर ११ गते लिखित अल्टिमेटम दिएपनी कुनै सुनवाई नभएपछी आन्दोलन स्वरुप विरोधको कार्यक्रम गर्न आफुहरु बाध्य भएको कलेजका शिक्षक केदार विसुराल बताउछन् ।

कलेजका प्रिन्सिपल रहेका सुमन भट्टराईको मंसिर १० गतेबाटनै ३ बर्षको कार्यकाल सकिएको छ । ब्यवस्थापन समितिले हिजो मंगलवार कायम मुकायम प्रिन्सिपलको जिम्मेवारी सालिकराम अधिकारीलाई निर्णय गरि दिएको छ । अधिकारीका अनुसार भोली विहिबार दिउंसो २बजे कलेज ब्यवस्थापन र शिक्षक बिच बर्ताको लागि बोलाईएको छ ।

Comments

ताजा खबर