एक महिनामा बाग्लुङमा तीन एसपी सरुवा

२०७४, ४ पुष मंगलवार १२:०६

चुनावको मुखमा बाग्लुङमा प्रहरी प्रमुख फेरिएकोमा चुनावको नतिजा आएलगत्तै फेरी एसपी फेरीएका छन् । एक महिनाबीचमा जिल्लामा तीन एसपीले कमाण्ड सम्हालेका छन् ।

गत महिना प्रहरी मुख्यालयले एसपी चन्द्रकुबेर खापुङलाई हटाएर एसपी हिमालय श्रेष्ठलाई बाग्लुङमा पठाएको छ । चुनावको मुखमा प्रहरी नेतृत्व हेरफेर गरिएको भन्दै आलोचना भएको थियो । तर, एक महिना पनि नबित्दै एसपी श्रेष्ठलाई पनि हटाइएको छ ।

बाग्लुङमा एसपी दीपक रेग्मीलाई मुख्यालयले गत साता इन्चार्ज बनाएर खटाएको छ । एसपी श्रेष्ठको कार्यशैलीप्रति व्यापक गुनासो आएपछि उनलाई हटाइएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

Comments

ताजा खबर