सन २०१७ बजारमा आएका ५ सर्वोत्कृष्ट स्मार्टफोन र फोनको क्यामरा

२०७४, २ पुष आईतवार २१:२६

सन् २०१७ मा विश्वको स्मार्टफोन बजारमा स्मार्टफोनको क्यामरा गुणस्तरमा निकै सुधार देखियो । सन् २०१७ मा बजारमा आएका स्मार्टफोन, जसले क्यामराकै कारण चर्चा बटुल्न सक्षम छन्.
१.Sony Xperia XZ1–यो स्मार्टफोनमा १९ मेगापिक्सेलको क्यामरा छ जुन थ्री डी स्क्यान गर्नपनि सक्षम छ । यो क्यामरा स्लो मोसन भिडियो तथा फोर के भिडियो रेकर्डिङ गर्न सक्दछ ।यसमा १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।

२. Samsung Galaxy S8 Plus – यो स्मार्टफोनमा मुख्य क्यामराको रुपमा १२ मेगापिक्सेल डुअल पिक्सेल क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट सेल्फी क्यामरा रहेको छ ।

३.Iphone X – यसमा १२ मेगापिक्सेलका दुई मुख्य क्यामरा रहेका छन् । पहिलोमा एफ १.८ तथा दोश्रोमा एफ २.४ अपर्चर रहेको छ । साथै फ्रन्ट सेल्फी क्यामरा ७ मेगापिक्सेलको रहेको छ ।

४.Google Pixel 2 –यसको मुख्य क्यामरा १२.२ मेगापिक्सेल तथा फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको छ । यसको क्यामराले ३० फ्रेम प्रतिसेकेण्डको गतिका साथमा फोर के रिजोलुसन भिडियो खिच्न सक्दछ ।

५.Iphone 8–आइफोन एट प्लसमा मुख्य क्यामरासँगै ७ मेगापिक्सेलको फेसटाइम एचडी क्यामरा समेत रहेको छ साथै फोर के भिडियो रेकर्डिङ पनि रेकर्ड गर्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु