महिलाले अवदेखि ट्रक र मोटरसाईकल चलाउन पाउने

२०७४, २ पुष आईतवार ०३:३३

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ । देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ ।

साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिए । यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो ।

मुस्लीम देश साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरिर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो ।
महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारबादीहरुले लामो समयदेखि दवाव दिँदै आएका थिए ।

Comments

ताजा खबर