ओलीले लिय बधाई जापानि रजदुत ओगाबले बाट

२०७४, १ पुष शनिबार १८:२१

नेकपा-एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागी जापानका राजदूत मासाशी ओगावाले बधाइ ज्ञापन गरेका छन् । वामगठबन्धनले बहुमत ल्याएपछि त्यसको नेतृत्वकर्ता ओलीलाई उनकै निवास बालकोटमा आएर राजदुत ओगावाले बधाइ ज्ञापन गरेका हुन् ।

शनिवार भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए ।

आफूले भ्रष्टाचार न्यूनीकरण, विकास, समृद्धि, पारदर्शिता जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

ओलीले भने ‘हामी लोकतन्त्रका आधारभुत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिवद्ध छौं ।’ ओलीले आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेद जस्ता नेपाली समाजका वेथितीहरु हटाउन प्रयासरत रहने बताए ।

जापानबाट आफूले सदाजस्तै विकास निर्माण,सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले बताए । उनले भने ‘हामी सबै अन्तराष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौं । ‘

राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए । उनले नेपालको विकास निर्माणमा जापानले विगत देखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

Comments

ताजा खबर