पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपाल लाई

२०७४, १ पुष शनिबार १८:१५

नेपालले अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ ओभर २ बलमा १ सय ६ रनमा अलआउट भयो ।
विपिन पौड्यालले बंगलादेशको तीन विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
नेपालका दिगम चेम्जोङ लिम्बुले अविजित ७९ तथा नविन रायले ५९ रन बनाए । नेपालले ठुलो ईतिहास रचेकोछ l

Comments

ताजा खबर