६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा

२०७४, २९ मंसिर शुक्रबार १८:०९

महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम सुस्त गतिमा अगाडी बढ्दा समयमै काम सम्पन्न नहुने भएको छ । विभिन्न कारण देखाउँदै ठेक्केदार कम्पनीले काममा ढिलाई गर्दा परियोजनाको कामले गति लिन नसकेको हो ।

बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार गर्ने परियोजना अनुसार अहिले ६ लेनको बनाउने काम भइरहेको छ । विभिन्न प्याकेजमा काम भइरहे पनि सुस्त गतिमा काम हुँदा अहिलेसम्म ३२ प्रतिशत मात्र काम सकिएको छ । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो ।

रानी बिराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ सम्ममा बिराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक ६ लेनको बनाई सक्नु पर्ने भएपनि सडक विभागले यस कार्यलाई खासै महत्व नदिँदा सडक निर्माणको काममा समेत ढिलाई हुँदै आएको छ । बजेट अभावले समयसमयमा राेकिन्छ काम

बजेट समयमा नआउँदा काम सुरु भइसकेको बिराटनगर–इटहरी सडकको काम रोकिने गरेको छ । नेपाल को राजनीतिक अस्थिरता को कारण ले देश मा भय का गौरब का आयोजना हरु धेरै ढिला सुस्ती हुनेगर्छ तेस्मधे यो आयोजना नि परेकोछ l

सरकारले बिराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोडमा ठेक्का लगाएको थियो । बिराटनगरदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक आर्थिक वर्ष २०७५/०७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको हो ।

बहुवर्षीय परियोजनाअन्तर्गत पहिलो चरणमा बिराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम अहिले भइरहेको छ । यो सडक विस्तारका लागि ५ अर्ब ४ करोडमा ठेक्का लागेको थियो । यद्यपि, गएको भदौ महिनादेखि धेरै स्थानमा काम रोकिएको छ ।

Comments

ताजा खबर