चुनावी परिणाले सेयर बजारमा प्रभाब

२०७४, २८ मंसिर बिहीबार ०३:३२

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाको प्रभाव सेयर बजारमा देखिएको छ । चुनावी नतिजा अन्तिम चरणमा पुग्दा वामपन्थीको पक्षमा स्पष्ट बहुमत देखिएसँगै बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १० दशमलव ५३ अंकले बढेको हो । बुधबार सूचक १५२० दशमलव ७४ अंक पुगेको छ ।
बुधबार बजारमा १ सय ६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ । उपसुचकहरु पनि उकालो लागेका छन् ।
बुधबार सबैभन्दा धेरै होटलको उपसुचक १ दशमलव ७८, उत्पादन उपसमुह १ दशमलव ३२, ट्रेडिङ १ दशमलव २३, अन्य १ दशमलव १८, माइक्रोफाइनान्स ०.८ प्रतिशतले बढेको छ । यसैगरी बीमा समुहको ० दशमलव ६७, वाणिज्य बैंक ० दशमलव ६३, हाइड्रोपावर ० दशमलव ४७, विकास बैंक ० दशमलव ३३, फाइनान्स ० दशमलव २६ प्रतिशतले बढेका छन् ।
सबैभन्दा धेरै कुवेर मर्चेन्ट फाइनान्सका शेयरधनीले ९ दशमलव ६३ प्रतिशत कमाएका छन् भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३ दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

Comments

ताजा खबर