गोरखा २ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई विजयी

२०७४, २३ मंसिर शनिबार १९:४८

प्रतिनिधि सभा तर्फ गोरखा क्षेत्र नं.२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई विजयी हुनुभएको छ । लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्नुभएका भट्टराईले वाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई ७ हजार १९४ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । डा.भट्टराईले ३२ हजार १०७ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभयो ।

Comments

ताजा खबर