गोरखामा कांग्रेसको पहिलो जित

२०७४, २३ मंसिर शनिबार १९:२५

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ । दवाडीले १५ हजार ८ सय ५३ मत ल्याउनुभयो ।
उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका अमरबहादुर तमूले १३ हजार ४ सय ११ मत प्राप्त गर्नुभयो । दवाडीले २ हजार ४ सय ४२ मतअन्तरले जित्नुभएको हो ।
जापानमा हस्तकला लगायतको सामग्रीको ब्यापार गर्दै आएका दवाडी एकदशक देखी समाजसेवामा हुनुहुन्छ । एक दशकको सक्रिय समाजसेवाले नै पूर्व सांसद माओवादी केन्द्रका नेता तमूलाई हराउन सकेको दवाडीले बताउनु भयो ।
दवाडीले स्नातकोत्तर सम्मको पढाई पूरा गर्नु भएको छ ।

Comments

ताजा खबर