नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या

२०७४, २० मंसिर बुधबार १८:२३
जापानमा नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या 

मिनातोमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् ।  जापानको आइचिकेन नागोयामा बस्दै आएका  नेपाली विद्यार्थीका नवलपरासी गैडाकोटका ३० वर्षीय कुमार तिमिल्सिनाले मंगलबार समुद्रमा हाम फालेर आत्महत्या नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेको जापान प्रहरीलाई उधृत गर्दै उपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
जापानमा आज भोली नेपाली विद्यार्थीहरु आत्महत्याको घटना  दिन प्रति दिन बढदै गयको छ ।चार वर्ष अगाडि विद्यार्थीका रुपमा जापान आएका उनी हाल युनिर्भसिटी तेस्रो वर्षमा अध्ययनरत थिए । 

मृतक तिमिल्सिनाको शवलाई  पोष्टमार्टम गरि शवगृहमा राखिएको छ । निजको शवलाई डिसेम्बर ८ तारिक शुक्रबार बिहान जापानमै दाहसंस्कार गरिने गैर आवासीय नेपाली संघ तोकाई नागोयाका संयोजक  दिपक केसीले बताउनुभयो । आत्महत्याको स्पष्ट कारण नखुलेपनि  मृतकको साथमा सुसाइड नोट फेला परेको थियो । मृतककी श्रीमती र भाइ पनि हाल जापानमै रहेका छन् । उनकाे  १ छोरा भने नेपालमा रहेकाे बताइएको छ ।
Comments

ताजा खबर