रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने

२०७४, १८ मंसिर सोमबार १८:२८

काठमाडौंको चपलीमा सोमबार कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने देखिएको छ’, काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।धानुकका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।थापाको चुनावीसभाका क्रममा बम विष्फोट हुँदा उनीसहित अन्य १० जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।कसले बम विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

Comments

ताजा खबर