एथ्लेटिको बिल्वाओबिरुद्ध रियल मड्रिड हरेक क्षण कमजोर

२०७४, १८ मंसिर सोमबार १६:५८

बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि उपाधि रेसमा रियलका लागि ढोका खुलेको थियो तर, मड्रिडले त्यसको फाइदा उठाउन सकेन । शनिबार राति एथ्लेटिको बिल्वाओबिरुद्ध रियल मड्रिड हरेक क्षण कमजोर देखियो ।
यो घरेलु प्रतियोगितामा एक अर्को निराशाजनक नतिजा थियो । जसले जिनेदिन जिदानको टोलीलाई ला लिगाको उपाधि रक्षाको अभियान अझै मुस्किल बनाइदिएको छ ।

रियलका लागि यो खेल जित्नैपर्ने थियो । तर, उसले जित त परै जाओस गोल पनि गर्न सकेन ।
क्रिष्टियानो रोनाल्डोको यस सिजनको गोल खडेरी जारी रहँदा करिम बेञ्जिमाले पाएको एक सुन्दर मौका पनि सदुपयोग गर्न सकेनन् ।

 

Comments

ताजा खबर