शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ….

२०७४, १८ मंसिर सोमबार ०३:३६

शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ ।बस्नेत केही वर्षयता नेपाल र नेपाल बाहिर रहेर व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए ।

सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ  नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

Comments

ताजा खबर