हानिकारक बन्दै कुखुराको मासु ?

२०७४, १५ मंसिर शुक्रबार १७:२८

भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।पशु चिकित्सक शशिधर सेढार्इँका अनुसार कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ । यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामै पनि एन्टिबायोटिक प्रयोग गर्ने गरेको देखिएको कार्यालय बताउँछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु