एसिया भ्रमणमा अमेरिकन रास्ट्र्पती ट्रम्प

२०७४, १९ कार्तिक आईतवार १२:४३

कार्तिक १९, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको भ्रमणका क्रममा जापान आइपुगेका छन् । जापानसँगै उनले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको ११ दिने भ्रमण गर्ने छन् ।

प्योङयाङको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला राष्ट्रपति ट्रम्प भ्रमणमा निस्केका हुन् । समाचार संस्था रोयटर्सका अनुसार उत्तर कोरियाका विरुद्ध जापान र दक्षिण कोरियाप्रति ऐक्यबद्धता कायम गराउनु र एसियाली क्षेत्रमा अमेरिकी व्यापार प्रवद्र्धन ट्रम्प भ्रमणको मुख्य उद्देश्य हो । साथै ट्रम्पले उत्तर कोरियाविरुद्ध कडा नीति लिन चीनलाई समेत दबाब दिने अपेक्षा गरिएको छ । चीन उत्तर कोरियाको एक मात्र निकट छिमेकी राष्ट्र हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई ‘गल्फ कूटनीति’ को निरन्तरताका रूपमा लिएका छन् । सन् १९५७ मा तत्कालीन जापानी प्रधानमन्त्री नोबुसुके किसीले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डाइट आइजेनहावरसँग गल्फ खेलेका थिए । जसलाई दोस्रो विश्वयुद्धपछि दुई देशको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण घटना मानिन्छ । किसी जापानी प्रधानमन्त्री अबेका हजुरबुबा हुन् ।

दुई दिनको जापान बसाइपछि ट्रम्प दक्षिण कोरिया जानेछन् । जहाँ उनले सोलस्थित अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ । कोरियाली राष्ट्रपति मुन जे–इनसँगको वार्तापछि उनले संसद्मा समेत सम्बोधन गर्नेछन् । दुई दिनका लागि नोभेम्बर ८ मा चीन पुग्ने ट्रपले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै केही कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि ट्रम्प एसिया प्रशान्त आर्थिक साझेदारी समूह (एपेक) को बैठकमा सहभागी हुन भियतनाम पुग्नेछन् । उनले हनोईको राजकीय भ्रमणसमेत गर्ने कार्यक्रम छ । त्यसपछि नोभेम्बर १३ मा फिलिपिन्सको मनिला पुग्ने ट्रम्पले दक्षिण–पूर्वी एसियाली मुलुक (आसियान) बैठकमा सहभागी हुनेछन् । उनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेसँग पनि भेटवार्ता गर्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु